इन्द्रेणी संवाददाता
दाङ, ६ असार । दोस्रो संविधान सभाको चुनावमा दाङबाट सबै सिट जितेको नेपाली काग्रेसलाई स्थानीय तहको निर्वाचनमा भने चुनौती देखिएको छ । चुनौती पनि अरुबाट होइन आफ्नै पार्टीबाट देखिएको छ ।

CcCongressअसार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका दाङका दश स्थानीय तहमध्ये चार प्रमुख तथा उपप्रमुख पदमै काग्रेसका वागी उम्मेदवार रहेका छन् । जुन नेपाली काग्रेसलाई चुनाव जित्नका लागि निकै चुनौतीको रुपमा देखिएको छ ।

लमही नगरपालिकाको मेयर पदका लागि कांग्रेस उम्मेदवारको बागीका रुपमा कांग्रेसकै प्रभावशाली नेता खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा पनि कांग्रेस उम्मेदवारका विरुद्धमा बागी उम्मेदवार खडा भएका छन् । कांग्रेस नेता हेमन्तकुमार योगीले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै गढवा गाउँपालिकामा कांग्रेस उम्मेदवारको विरुद्धमा कांग्रेसका डिल्ली आचार्यले बागी उम्मेदवारी दिएका छन् भने बबई गाउँपालिकामा अध्यक्षमा टेकबहादुर ओली र उपाध्यक्षमा टेकबहादुर भण्डारीले कांग्रेसको उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा गरी काग्रेसका झण्डै ३० वागी उम्मेदवार रहेका छन् । केन्द्र देखिनै उम्मेदवारीमा किचलो हुदै आएको काग्रेसको वागी उम्मेदवारले पार्टीमा तनाव उत्पन्न भएको काग्रेस नेताहरु बताउछन् ।