काठमाडौं, ६ असार । चितवनको भरतपुर महानगरपालिका–१९ मा च्यातिएको मतपत्र एक साताभित्र झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

supreme-court-of-nepal

आज मंगलवार कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यस्तो आदेश दिएको हो । अदालतले च्यातिएको मतपत्र, निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाइल एक साताभित्र ल्याउन आदेश दिएको छ ।

मतगणना भइरहेका बेला प्रतिनिधिले मतपत्र च्यातेको भन्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।