परासी, ६ असार । स्थानीय तहको निर्वाचनमा असन्तुष्ट व्यक्त गर्दै आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्ष र जिल्ला संयोजकसहित वाह्र जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले सोमबार सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।
यसरी सार्वजनिक मुद्दा लाग्नेमा केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, जिल्ला संयोजक पुरन चौधरी, केन्द्रीय सदस्य हैदरअली मोमिन छन् । त्यसैगरी मुद्दा चलाइएका कार्यकर्तामा राजेन्द्र तिवारी, अशोककुमार गुप्ता, शेषनारायण केवट, महमद माली, राजेश्वर केवट, जयराम गुप्ता, लोकबहादुर चौधरी, मुरारी अग्रहरी र राममुरत चौधरी रहेका छन् ।
प्रदेश ५ मा रहेको परासी क्षेत्रको स्थानीय तह निर्वाचन विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले शनिबार र आइतबार ३१ जनालाई पक्राउ गरेको थियो।
