दाङ , ५ असार । नेकपा माओवादी केन्द्र दाङले जिल्लामा तेस्रो चरणको प्रचार अभियान शुरु गरेको जनाएको छ । बैशाखदेखि जेठ ९ गतेसम्म पहिलो चरणको संगठन सुदृढीकरण, बैशाख १० देखि असार ४ गतेसम्म चुनावी सभा तथा जनपरिचालनका कार्यक्रम गरेको जनाउँदै माओवादी केन्द्रले सोमवारदेखि तेस्रो चरणको कार्यक्रम शुरु गरिएको जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो ।

19369195_634310823432837_1523201345_o

जसअनुसार माओवादी केन्द्रले सोमवार सबै तहमा समीक्षात्मक बैठक गरेको छ । जिल्लाका दशवटै स्थानीय तहमा भएको समीक्षा बैठकबाट असार ४ गतेको मनोनय दर्ता प्रक्रियामा जिल्लाभरि ५० हजार बढी जनता परिचालन गरिएको निष्कर्ष निकालिएको पनि माओवादी केन्द्रले जनाएको छ । ‘सबै तहको रिपोर्ट हेर्दा औसत ५० जनता परिचालन गरिएको देखिन्छ’– उहाँले भन्नुभयो– ‘जुलुसमा आएको सक्रिय जनमास हो, यसलाई परिचालन गरेर चुनाव जित्न सकिन्छ निष्कर्षमा हामी पुगेका छौं, अब अन्य दलबाट हुने आर्थिक चलखेललाई रोक्न सावधानीपूर्वक अगाडि बढ्ने र युवा परिचालनलाई ब्यापक बनाउन निर्देशन दिइएको छ ।’

19349513_634310773432842_1987930709_o

अब जिल्लाभरि कुनै घर नछुट्ने गरी घरदैलो गर्ने जनाउँदै माओवादी केन्द्रले संभव भए जति केन्द्रीय नेताकै सहभागितामा घरदैलो गर्ने माओवादी केन्द्रले जनाएको छ । असार ८ गते पूर्वअर्थमन्त्री बर्षमान पुनको नेतृत्वमा घोराहीमा घरदैलो गर्ने जनाउँदै माओवादीले असार ११ गते बरिष्ठ नेताकै उपस्थिति रहने गरी नारायणपुरमा सभाको आयोजना गरेको छ । साविक त्रिपुरलाई लक्षित गरी घोराही उपमहानगरपालिका ८, ९, १०, ११ र १२ को संयुक्त चुनावीसभा नारायणपुरमा असार ११ गते तय गरिएको माओवादी केन्द्रले जनाएको छ ।