तुलसीपुर , ५ असार । माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिकाका मेयर , उपमेयर सहितका टोली प्रचार प्रसारमा व्यस्त छन् । तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार शेशुराम भण्डारी, उपमेयरका उम्मेदवार सीता वलीलगायतको टोलीले सोमबार तुुलसीपुरको १ २ र ७ नंबर वडामा घरदैलो र चुनाबी सभा गरेको छ । साथै तुलसीपुर उपमहानगरपालिका १९ वटै वडाहरुमा माओवादी केन्द्रले उम्मेदवारले प्रचार प्रचारलाई जारी राखेका छन् ।
यसैक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर शेशुराम भण्डारीले माओवादीको जनमासलाई हेर्दा आफ्नो जीत शुनिश्चित भएको बताए । तुलसीपुर ७ मा भएको चुनाबी सभालाई सम्बोधन गर्दै घरदैलो तथा चुनाबी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रले देशको हितका लागि गरेको योग्दानको कदर गर्दै जनताले माओवादीलाई भोट दिने बताए । उनले भने‘ सिंहदरबारका सेवा गाउगाउमा पु¥याउने माओवादीलाई नै भोट दिनुपर्छ भनेर, जनताले भन्ने गर्छन्, त्यसैले जीत सुनिश्चित छ ।’
माओवादी केन्द्र तुलसीपुर ७ का वडा अध्यक्षका उम्मेदवार प्रेम खनालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयरकी उम्मेदवार सीता वलीले माओवादीले महिलाहरुलाई अधिकार दिलाएको भन्दै ती अधिकार स्थापित गराउन माओवादी कै नेतृत्व आबश्यक रहेको बताईन् । उनले भनिन्‘ हामीले १० बर्ष लडेर चुलोचौकोमै सिमित रहेका महिलाहरुलाई अधिकार दिलायौ अब संस्थागत गर्न पनि हाम्रै्र नेतृत्व चाहिन्छ ।
कार्यक्रममा वाईसिएल जिल्ला उपाध्यक्ष माईकल गुर्ताललगायले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अबशरमा १ सय ५० भन्दा बढि युवाहरु बिभिन्न पार्टी परित्याग गरि माअोवादी केन्द्रमा प्रबेश गरेका थिए । कार्यक्रमको सहजीकरण भरत भट्टराईले गरेका थिए । यस्तै माओवादी केन्द्र तुलसीपुर १ का अध्यक्ष कृष्णा बहादर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा त्यहाँका जनताहरुले गरिब जनताको पार्टी माओवादी केन्द्र भएको बताएका थिए ।