गोविन्द खड्का
‘ तपाई ढुक्क हुनुस् । बरु हामी संग समय खेर नफाल्नुस् ’– आजभोलिका मतदाताले उम्मेद्धारलाई भनिरहेका छन्,– ‘यो समयले अन्त बाट भोट आउला ।’ सुनेर घरदैलोमा पुगेका उम्मेद्धर सुनेर मख्ख परी फर्किन्छन् ।
उचित सम्मान नपाए पाहुना पनि दोहोरीन चाहान्न । आफुलाई भेट्न आएको पाहुना खुशि बनाएर पठाउन सक्नु गतिलो खुबि हो । यतिबेलाका मतदाताबाट नाई, हुदैन, गर्दैन, दिन्न, भन्ने शब्द निश्कदैन । न त कुनै दल विशेषमा पानी बारवारको स्थिति देखिएको छ । एउटा उम्मेद्धार अर्काको घरमा गएर आशिर्वाद ग्रहण गरीरहेको छ । उसले आफु जीत्ने आ“ट विपक्षी बाट बटुलिरहेको छ ।
यसता गतिविधिले उम्मेद्धारहरु भ्रममा छन् । त्यसैले त चुनावमा तामझामको रौनक आएको छ । यहि जितको सपना बाट हार व्यहोर्ने हो । लडाईमा एउटाले बाजी मार्छ । उम्मेद्धार एउटाले जित्दा मतदाता बहुसंख्यकले जितको महशुस गर्नुपर्छ । धेरै उम्मेद्धारले हार्दा थोरै मतदाताले मन दुःखाउने वातावरण हुनुपर्छ । चलाख मतदाताको ईमान्दारीता त्यहि हो । जसको फाईदा पदावधी रहदा सम्म लिन पाईयोस् । जितेको उम्मेद्धारले मत खेर गएको महशुस नगराओस् ।
सुनिदैछ जित्नेलाई मत दिने हो । हार्नेलाई दिएर खेर हुन्छ । अहिल्यै भन्न सकिन्न यसैले जित्छ भनेर । आफुले आत्मबाट भन्नुपर्छ यसैलाई जिताउने हो । लहलहैमा लागेर कसैलाई भोटदिईहाल्नु गलत हुन सक्छ । टोल छिमेकमा कतै केहि गरेको छ कि छैन ? त्यसबेला रकम हिनामीना गरेको हो हि होईन ? हार्ने भनेर कोहि चुनावमा लडेको छैन । सबै जित्ने हुन तर सबैवाई जिताउने होईन । वरपरका संग सल्लाह गरेर यसपाला फलानोलाई जिताएर यो काम गराउने भन्ने सल्लाह गर्ने हो । तपाईको क्षेत्रमा निर्वाचित प्रतिनिध मार्फत के गर्नुपर्ने हो ? तपाईले मत दिएको व्यक्ति समस्या सम्वोधन गर्ने हैसियत राख्छ कि राख्दैन ?
पैसा कमाउनलाई पद खोजीरहेका छन् । सय पचास भत्ताका लागि कार्यक्रममा पुग्न मरिहत्ते गर्नेहरु चुनावी मैदानमा छन् । तपाई चिनीराख्नुस्ु भोलि विकास निर्माण्को योजना पार्छु यति मलाई फिर्ता दिनुपर्छ भन्नेहरु छन् । उनिहरुले तपाईको योजना बनाएको बदला योजनावाट फिर्ता लिने छन् । तपाईको विकास निर्माणको कार्य अधुरो रहने छ । कमिसनले विकास अलपत्र पर्ने छ । समाज समस्यामै रहदा व्यक्तिले सुख सयलको जिवन विताएको निरीह भएर हेर्नुपर्र्ने छ ।
मतदता खरीद विक्रीको कुरा पच्छिल्लो चरणमा व्यापक बनेको छ । कुन कुन ठाउका मतदाता बिक्री हुन्छन् भनेर खोजिदै छ । केहि हजारमा राजनीतिक आश्था बेच्नेहरु कति घातक हुन्छ भन्ने विगतको एउटा प्रमाण उल्लेख गर्न उपयुक्त ठान्छु । अघिल्लो स्थानिय तहको निर्वाचनमा गाविस र नगरपालिका एउटाले जित्यो । जिल्ला विकास समिति अर्काले गठन गर्न सफल भयो । उस बेला मत बेच्नेहरुको अहिले पा“चहजारे नाम रहेको छ । पाच हजार पाएर आफ्नो मत अर्को पार्टिलाई दिए । आफ्नो उम्मेद्धारलाई पराजित गराए । अहिले खिसीटिउरीका पात्र बनेका छन् ।
अहिले ति पाच हजारेहरु खुबै ईमान्दार भएर लागेका छन् । उनिहरु एउटा पार्टिमा प्रतिबद्ध भएर देखिनु अर्कोको लागि वार्गेनिङ हुन सक्छ । आफ्नो पावर देखाएर कुनै पनि बेला चित्त बुझे विक्री हुन सकछन् । जनप्रतिनिधिको स्तर त्यति निच छ । भने उनिहरुले मतदाताहरुलाई पनि त्यहि गिरेको नजरले हेर्छन् । विक्री हुनेहरुले समन्वय र सहजीकरण गर्छन् । खरीद गर्ने दलहरु रकमको जोहो गर्दैछन् । त्यस बाट यस पटकको स्थानिय तहको चुनावमा जोगिनु पर्छ ।
राजनीतिक यात्रामा कति पार गरेको छ । उसले जनताका समस्याको कति भेउ पाउछ ? अब हिसाव त्यता बाट गरौ । टोलछिमेक र घर आगनमा तपाईको नजर कहिल्यै उस संग जुध्यो ? वडा अध्यक्ष र सदस्यका उम्मेद्धारको अनुहार याद गर्नुस् । भोलिका दिनमा, मेरो घरमा यस्तो समस्या आयो हुजुर ? भन्दै तपाई समस्या विन्ती विसाउन उसकहा“ पुग्नुहुने छ । त्यसबेला चिन्छ ? तपाईको घर वरपरको दृश्य उसको दिमागमा आउला कि नआउला ? यदि त्यसबेला तपाईलाई उसले चिन्दै नचिनेको व्यवहार गर्न सक्छ । त्यो भनेको तपाईलार्इ चिनेकै थिएन । तपाईलाई भेटेकै होईन । कुनै काममा साथ दिएको होईन । मात्रै चुनावमा देखिएको हो । पछुताउनुहुने छ । मत हाल्ने बखतमा होस नभएकाले पछि पछुताउनुको कुने अर्थ छैन ।
भोलि मेयरलाई केहि कुरा विन्ती गर्न पूग्नुस् । उसले तपाईको वडा अध्यक्षलाई तुरुन्तै फोन गर्छ । अनि वडा अध्यक्षले चिन्दै चिन्दैन । मेयरले तपाईलाई सम्मान गरेपनि गलत वडा अध्यक्ष ल्याउनुभयो । धोका भयो । भोटमाग्दा या त उसले खुवाएको नास्तापानीमा विक्नु भयो । उसले मैले यति खर्च गरेको छु भन्छ । कतै तान्ने मेशो पाएपछि कमाउछ । सामाजिक काममा उसको कत्तीपनि ध्यान जान्न । त्यसो नभए उसले तपाईको समस्या बुझ्नै सक्दैन । त्यसैले बाहिर बाट चुनाव लड्न आएका टुरिष्ट उम्मेद्धार, अन्य पेशामा लागेर थाकेका, त्यो भन्दा फाईदा देखेका र कमाउन खोजेको रोज्नुभयो भने उनिहरुको कार्यकाल भरी दुख पाउनुहुन्छ ।
कोहि गलत व्यक्ति हुदैमा उम्मेद्धार बन्ने अधिकार च्युत हुदैन । उसले बोल्ने, आश्वासन बाड्ने, अनेकौ तिकडम र प्रपन्च गर्नमा कसैले रोकलगाउन सकदैन । सत्य के हो भनेर पहिचान गर्ने जिम्मा मतदाताको हो । कसलाई जिताउदा मेरो आपदमा मेरो घर सम्झिन्छ भन्ने नै हो । वडा अध्यक्षको हैसियत तपाईको टोलका बारेमा परिचीत हुनु न्युनतम शर्त हो । यति वटा टोल विकास संस्था छन् भन्ने थाह नपाउने अयोग्य व्यक्ति तपाईको भोट पाउन लाएक हुनै सक्दैन ।
स्वागत सबैलाई गरौ । खानपीनमा सहभागि बन्न कत्ति पनि अफ्ठेरो नमानौ । उसले दुनियालाई छर्दै हिड्ने कमाएको छ भने आपत्ती छैन । उसले घर खेत जे सुकै बेचोस त्यसमा मतदाताको सरोकार हुदैन । उसले टिसर्ट, भेष्ट टोपि, पानी के के बाड्छ लैजानुस् । त्यो ग्रहण नगरे उसको मन दुख्छ । कसैको चित्त फटाएर हामिले सन्तुष्टि लिनु उचित हुदैन । खाईदिएन भनेर दुःखाउन सकछ । उसलाई सबक सिकाउने हो भोट नदिएर । गोप्य मतदानमा कसैले देख्दैन । तलाई भोट दिएको हु भनेपनि होईनस भन्ने आधार कसैसंग हुदैन । त्यसैले उसलाई भोट दिनका लागि पैसा वा अन्य जिन्सीका आधारमा होईन । एक दुई छाक खान पाएको, हासबोल गरेको, नाता सम्वन्ध रहेको, जात मिलेको आधारमा मात्रै पनि होईन । रक्सी खानपाएर पनि होईन । उसको क्षमतालाई तौलेर हो । बिजयी भएपछि के गर्न सक्छ भन्ने आकलनले हो । गोप्य मतदानबाट काम गर्न सक्ने व्यक्ति चुनेर चलाख मतदाताको ईमाकन्दारीता पुष्टि हुने छ ।