दाङ, ५ असार । दाङमा मजदुर मजदुरबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–९ दुबीचौरस्थित गणपति प्लाई सप्लायर्स कार्यरत मजदुरबिच कुटाकुट सुनसरी ईनरुवाका २० वर्षका रितेश झाको ज्यान गएको हो । झडपमा हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादव घाइते भएका छन् ।

dead-body-2आइतबार राति सामान्य विवादमा झडप हुँदा गम्भीर घाइते भएका झाको उपचारको क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएकोजिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यहाँ कार्यरत कामदार बाँके, फत्तेपुर गाउँपालिका–७ बस्ने २३ वर्षका जितराम चौधरी, सोही गाउँपालिका–९ बस्ने २३ वर्षका राज चौधरी र बाँके, हिर्मुनिया–२ बस्ने २३ वर्षका निर्मल राजपुतले रितेश झा र बाँके, हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादवलाई कुटपिट गरेका थिए ।