नेजालगञ्ज ५ ,असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाली जनता दोस्रो चरणको निर्वाचनमा मतदान गर्न आतुर भएको बताउदै निर्वाचन विरोधी शक्तिहरु कमजोर भएको बताउनु भएको छ ।
आज बाकेको नेजालगञ्जमा आयोजना गरिएको सुरक्षा गोष्टीलाई सम्बोधन गर्दै मन्त्री शर्माले सुरक्षा निकायलाई चुनौती सामना गर्नकालागि सुचना र समन्वयलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भयो ।
शर्माले निर्वाचन सम्पन्न गर्ने क्रममा कुनै पनि राजनितीक गन्ध आएको खण्डमा तत्काल कारवाही हुने समेत उल्लेख गर्नु भयो । साथै उहाँले सुरक्षा निकाय जनताप्रति वफादार र राज्य प्रति उत्तरदायी हुनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
यसैगरी मन्त्री शर्माले निर्वाचनका क्रममा फायर न खोली केन्दि«य योजना कार्यान्वयन गर्न बताउदै, चुनौतीेको सामना गर्नु परेमा अगाडी बढन् निर्देशन गर्नु भयो ।
उहाँले विप्लव माओबादीले उम्मेदवारी दिएको विषयलाई उल्लेख गर्दै अब कालो झन्डा देखाउन कहाँ पाईन्छ भन्दै प्रश्न समेत गर्नु भयो । सुरक्षा गोष्टीमा रुकुम, रोल्पा, दाङ, प्युठान, बाके र बर्दियाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु लगायतको उपस्थिती थियो ।