इन्द्रेणी संवाददाता
दाङ, ५ असार । अहिले पनि धेरै विद्यालयहरुमा छात्राका लागि प्याडको व्यवस्था नभएको भन्दै अब प्याड किनेर दिनुभन्दा प्याड बनाउने सीप दिनुपर्ने आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

19369712_10209233884796027_959968690_n (1)इन्सेक दाङको आज सम्पन्न परियोजना सल्लाहकार समितिको बैठकमा उनीहरुले विद्यालयलाई प्याड किनेर दिनुभन्दा सिप सिकाउनु सस्तो र दिर्घकालिन हुने भन्दै अब विद्यालयहरुमा प्याड बनाउने सिप विद्यालयको वर्षिक कार्ययोजनामा समावेस गरेर लैजानुपर्ने बताए ।

जिल्ला समन्वय समितिका शाखा अधिकृत डा. गोविन्द आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सरोकारवा निकायका प्रतिनिधिहरुले अहिले पनि विद्यालयमा शिक्षक दरबन्दीको कमी रहेका र पाठ्यपुस्तकको समस्या झेल्नुपरिरहेको बताएका थिए । तर बैठकमा शिक्षा कार्यालयका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् ।

कार्यक्रममा परियोजना संयोजक शालिकराम मुसाफिरले इन्सेकले रामपुर र लक्ष्मीपुरमा शिक्षा, स्वास्थ्य र कृषिसँग सम्बन्धीत विभिन्न कार्यक्रम सम्पन्न गरेको जानकारी दिएका थिए । यी कार्यक्रमका लागि विषयगत कार्यालयबाट सहयोग पाएको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको उनले बताए ।