घोराही, ५ असार । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा घोराहीमा स्थानीय तहको निवार्चनको सन्दर्भमा पत्रकार आचार संहिता पालनामा काउन्सील र मिडियाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम हुने भएको छ ।
महासंघको सभाकक्षमा मंगलबार दिउँसो ३ बजेदेखि हुने कार्यक्रममा काउन्सीलका सदस्य एवं न्यायाधिश शुभेच्छा बिन्दू तुलाधर, काउन्सीलका सूचना अधिकारी दीपक खनाल, प्रमुख जिल्ला अधकारी, एलडिओ, प्रहरी प्रमुख, नागरिक समाज, सञ्चार क्षेत्रका अगुवाहरु, सञ्चारसंगठन, सञ्चारमाध्यम, जिल्लाका राजनीतिक दलका उमेदवारहरुलगायतको उपस्थिति रहने पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए । कार्यक्रममा उपस्थितिका लागि सबैलाई विज्ञप्ति निकालेर महासंघका शाखा सचिव भुपेन्द्र वलीले आग्रह गरेका छन् ।
