संखुवासभा, ५ असार । संखुवासभामा माओवादी केन्द्रका उम्मेदारको हत्या भएको छ । उम्मेदवारी दर्ता गर्न हिँडेका भूतखोला गाउँपालिकाको दुई नम्बर वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिमी भोटेको हत्या भएको हो।

death-586cef03992fc3.75466150माओवादी नेता गोपाल किराँतीका अनुसार उनको उम्मेदवारी मनोनय दर्ता गर्न आउँने क्रममा बाटैमा हत्या भएको हो। नेता किराँतीले आफ्ना उम्मेदवारको हत्या भएको हुँदा पुनः उम्मेदवारी दर्ता गर्न पाउनुपर्ने बताए। उनले हत्यारालाइृ कडा कारबाहीको माग समेत गरेका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्र संखुवासभाले पनि आफ्ना उम्मेदवारको हत्या भएको भन्दै दोषी पत्ता लगाइ कारबाहीको माग गरेको छ।