SAMSUNG CSC

दाङ , ४ असार । तीन प्रदेशमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता आज बिहान ८ बजे बाट सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो ।

SAMSUNG CSC

१, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन लागेको हो ।

प्रदेश नम्बर १, ५ र ७ मा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । यी मतदाताले निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चुन्नेछन् । चुनाव गराउनका लागि ३६४ मतदान केन्द्र तोकिएका छन् । सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी चुनाव गराउन खटाइएको निर्वाचन आयोगले जनाएको छ ।