वुटवल, ४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मनोनयनको दिन आज कपिलवस्तुमा वम विष्फोट भएको छ । वाणगंगा नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै भएको बम विष्फोटमा परी दश जना गम्भीर घाइते भएका छन् ।

bombघाइतेमध्ये विय थारु, साहबुद्धिन मनिहार, शेषराम गुप्ता र लालाबहादुर थारुलगायत पाँच जनाको अवसथा गम्भिर रहेको बताइएको छ ।
घाइतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा अघिकांश काग्रेस र माओवादीका कार्यकर्ता रहेका छन् । दिउँसो करिब १ बजेर २५ मिनेटमा मनोनयन दर्ता प्रकृया चलिरहेका बेला बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोट विप्लव माओवादीले बनाएको प्रहरीले आशंका गरेको छ । अहिले नेपाली सेनाले घटना स्थल नियन्त्रणमा लिएको छ ।