दाङ, ४ असार । नेपाल पत्रकार महासंघ दाङको कार्यसमिति सदस्य रहेका पत्रकार सुवास डाँगीले आफू नेपाली काग्रेसको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको वडा सदस्यमा उम्मेदवार बनेपछि पत्रकार महासंघको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि आफू पत्रकारिताका माध्यमबाट समाजलाई सुशुचित गर्दै आएको तर पार्टीले स्थानीय तहको निर्वाचनमा आफूलाई वडा सदस्यमा उम्मेदवारी दिएकाले आफूले पार्टीको जिम्मेवारीमा रहदासम्म स्पत्रकारिताको सम्मान गर्दै महासंघको जिम्मेवारीलाई औपचारिक रुपमा स्थगन गरेको घोषणा गरेका छन् ।