इन्द्रेणी संवाददाता
दाङ, ४ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि दाङमा पनि उम्मेदवारी दर्ता कार्य भइरहेको छ । जसअनुसार विहान ८ बजेदेखि वेलुका ४ बजेसम्मका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गर्नेछन् ।
जसका लागि निर्वाचन कार्यालयले उम्मेदवारी समय तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार विहान ८ बजेदेखि ९ बजेसम्म स्वतन्त्र उम्मेदवार, ९ बजेदेखि १० बजेसम्म नकपा माले, १० देखि ११ बजेसम्म देशभक्त जनता पार्टी, ११ देखि १२ बजेसम्म फोरम नेपाल, १२ देखि १ बजेसम्म नेकपा एमाले, १ देखि २ बजेसम्म नेपाली काग्रेस, २ देखि ३ बजेसम्म नेकपा माओवादी र ३ देखि ४ बजेसम्म राप्रपा पार्टीका उम्ेदवारहरुले उम्मेदवारी दर्ता गर्ने समय तालिका छ ।