दाङ, ३ असार । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल घोराही २ रामपुरको बिशेष भेला घोराहीमा सम्पन्न भएको छ । भेलालाई उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णमहादुर महरा, पोलिटब्यूरो सदस्य हेमराज शर्मा ‘डायमण्ड’, वाइसिएल केन्द्रीय सदस्य सिर्जन बाँठा, जिल्ला संयोजक सरोज खड्कालगायलते सम्बोधन गर्नुभएको थियो ।

19349667_10211524981513946_620866537_oभेलाले रोहन खांतीको अध्यक्षतामा वाइसिएलको २७ सदस्यीय रामपुर बजार समिति गठन गरेको छ । जसको उपाध्यक्ष पुन्टे बिक, सचिव बाबु थापा, कोषाध्यक्ष विनय चौधरी रहनुभएको छ । सदस्यहरुमा कैलास गहतराज, बिकास गहतराज, अनिल गहतराज, खिमु परियार, पदम घर्ति, सुवास पुन, यज्ञ नेपाली, श्रीधर थापा, भीम मगर, शक्ति परियार, राजु वि क, अर्जुन नेपाली, बाबुराम चौधरी, बिष्णु नेपाली, श्रीधर नेपाली, पदम परियार, हरि केसी, प्रेम पुन, रामबहादुर शेर्पाली, बिकास थापा, देव थापा, मोहन नेपाली र निकेस गहतराज रहनुभएको छ ।
माओवादी केन्द्रको घर फिर्ता कार्यक्रमनेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका १९ ले छिलिकोटमा घर फिर्ता कार्यक्रम गरेको छ । कार्यक्रममार्फत विगतमा माओवादीमा रहेर पछिल्लो समयमा अन्य दलमा गएका कार्यकर्ताहरु फिर्ता गराएको हो ।

सो क्रममा भीमबहादुर बुढा, दुर्गा बकि, टोपबहादुर बिक, सिता बुढा मगर, सुनिता बिक, श्यामलाल बिक, प्रेमा बिक, दिला बिक, भरतराज बिक र कुलबहादुर बिक माओवादी केन्द्रमा फिर्ता भएका हुन् । उनीहरुलाई माओवादी केन्द्रका वडा अध्यक्ष दलबहादुर महत र वडा अध्यक्षका उम्मेदवार भीम चौधरीले स्वागत गर्नुभएको थियो ।

माओवादी केन्द्रका वडा अध्यक्ष दलबहादुर महतको अध्यक्षता र वडा अध्यक्षका उम्मेदवार भीम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सञ्चालन यनानले गर्नुभएको थियो । कार्यक्रममा खिमा बिकले स्वागत गर्नुभएको थियो ।