दाङ, २ असार । दाङको राप्ती गाउँपालिकाको वडा नम्बर १ मा नयाँ शक्तिबाट वडा अध्यक्षका उम्मेदवार बनेका शेरबहादुर सुनार नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

maoist-officeनयाँ शक्तिका जिल्ला सदस्यसमेत रहेका सुनारसहित नेकपाका प्रकाश पुन, बिष्णु सुनारसहित तीस जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दामा शर्माले पार्टी प्रवेश गराएका थिए ।