इन्द्रेणी संवाददाता

तुलसीपुर २ असार । करणी मुद्दाका एकजना फरार अभियुक्तलाई दाङ प्रहरीले १६वर्षपछि पक्राउ गर्न सफल भएको छ । घोराही उपमहानगरपालिका वडा नं। ११ निवासी ३९ बर्षीय छविलाल भण्डारीलाई प्रहरीले बुधवार पक्राउ गरेको जानकारी दिएको छ । दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले अभियुक्त भण्डारीलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएका छन् ।

19198551_739069639614299_1968325611_n

दाङ देउखुरी जिल्ला अदालतले २०६० साल असार २ गतेका दिन भण्डारीलाई तीन वर्षको कैदको फैसला सुनाएको थियो । अदालतको निर्णय अनुसार ०५७ साल भदौ १८ गते देखि ०५८ मंसिर ७ गते सम्म कारागारमा बन्दी जीवन विताएका थिए । तर शसस्त्र द्धन्दको समयमा ०५८ साल मंसिर ८ गतेका दिन दाङमा भएको आक्रमणको समयमा जेल तोडफोड गरी भण्डारी फरार भएका थिए । भण्डारीको बाँकी रहेको १ वर्ष ९ महिना र १० दिनको कैद भुक्तानिका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।