इन्द्रेणी संवाददाता
काठमान्डौ २ जेठ । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गरेको छ । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । त्यसैगरी रातो पाटी डटकममा पनि http://see.ratopati.com लग इन गरी नतिजा हेर्न सकिने रातो पाटी ले जनाएको छ ।
