मनाङ, २ असार । मनाङको नेस्याङ गाउँपालिका १, पिसाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् ।

accdentमाथिल्लो मनाङबाट सदरमुकाम चामेतर्फ आउँदै गरेको ग १ ज ६६०२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट ८ मिटर तल सखेको हो ।
दुर्घटनामा नाल्मा–२ लमजुङका गोपी लामा र काक्रे–९, रुकुमका विक्रम गुरुङको ज्यान गएको हो । लामाको घटनास्थलमै र गुरुङको उपचारका क्रममा जिल्ला अस्पताल मनाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङ जनाएको छ ।

दुर्घटनामा १ मेक्सिकन नागरिकसहित ९ जना घाइते भएका छन् । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।