इन्द्रेणी संवाददाता 

काठमाडौं, १ असार । चुनावको मिति फेरी सार्ने अडान लिएको मधेस केन्द्रित दल राजपा र सत्तारुढ दल बीच दुई नम्बर प्रदेशको चुनाव तेश्रो चरणमा गर्ने सहमति भएको छ । बाँकी १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै सम्पन्न गराउने गरी दलहरुबीच छलफल भइरहेको छ।

nirbachanप्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा दुई नम्बर प्रदेशको चुनाव सार्ने विषयमा समझदारी भएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए । बैठकबाट बाहिरिने क्रममा पत्रकारहरु संग कुरा गर्दै शर्माले दुई नम्बर प्रदेशको चुनाव कहिले गराउने भन्ने विषमया चाहिँ छलफलबाट निचोड निकालिने बताए ।