इन्द्रेणी संवाददाता
तुलसीपुर १ असार । सल्यानमा घरको दलिन खस्दा त्यस्ले लागेर आमा छोराको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नं. २ मा घरको दलिन (मुख्य बलो) माथिवाट खसेर लाग्दा २४ बर्षीया सुशीला घर्ती र उनका १८ महिनका छोरा टिकाराम घर्तीको मृत्यु भएको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एवं एसएसपी ज्ञान विक्रम शाहले जानकारी दिए ।
विहीवार विहान पौने ७ बजेतिर फुसको छानो युक्त घरमा त्यो फालेर टिन (जस्ता) पाता लगाउने क्रममा माथिल्लो तल्लाको दलिन खसेर लाग्दा भान्सा कोठामा रहेका आमा छोराको घटनास्थलमै मृत्यु भएको एसएसपी शाहले जानकारी दिए । दोस्रो तल्लाको दलिन बीचको तल्लामा खसेको र त्यो भार थेग्न नसक्दा बीचको तल्लापनि भत्किएर भूईतल्लामा खाना बनाइ रहेका आमा छोरालाई दलिनले टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
