इन्द्रेणी संवाददाता
काठमाडौं, १ असार । तराई मधेसका केही जिल्लामा चुनाव सार्ने सरकारको प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ । उसले अब चुनाव सारे देश ठुलो दुर्घटनामा फस्ने कडा चेतावनी दिएकोछ ।
राजपा सँग वार्ता गर्नु अघि सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेट गरि चुनाव सारेर भएपनि मधेस केन्द्रित दलहरुलाई चुनावमा सहभागी गराउन चाहेको बताएको थियो ।
सरकारको यस्तो प्रस्ताव आएपनि निर्वाचन आयोगका पदाधिकारीहरुले अब चुनाव सार्न नसकिने बताएको छ । ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको देशलाई राजनीतिक भड्खालोमा फसाउनु हो भन्दै आयोगका पदाधिकारीहरुले अब सबै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए ।