दाङ, २४ जेठ । प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा डिल्ली मल्ल चयन भएका छन् । क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच भएको एकतापछि बनेको प्रेस सेन्टर नेपाल दाङको सोमवार भएको पहिलो एकता भेलाले मल्लको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश चौधरी तथा उपाध्यक्षहरु दिवाकर पोख्रेल र सन्तोष अधिकारी, सचिव पाण्डव शर्मा, सहसचिव जनक नेपाली र कोषाध्यक्ष केशरमान बिसी रहेका छन् । नयाँ कार्यसमितिका सदस्यहरुमा दामोदर बस्नेत ‘राकेश’, युगराज पोख्रेल, राजेश चौधरी, उदय बीसी, सुमन ओली, दीपक बोहरा, शान्तकुमार बुढा मगर, तुलसीराम ओली, गिरिराज नेपाली, सीमा आचार्य, सुशीला ओली र राजकुमार चौधरी रहेका छन् । दुई सदस्य पछि थप गर्ने बताइएको छ ।
भेलाले केन्द्रीय पार्षदमा डिल्लीराज खड्का, चन्द्र खनाल, सागर खनाल, गोविन्द खड्का, कृष्णप्रसाद शर्मा, श्रीधर भावुक, माधव पोख्रेल, रक्तिम दैलेखी र तुलसीचिन्तक भट्टराईलाई चयन गरेको छ । सेन्टरका सल्लाहकाहरुमा नरेन्द्र केसी, गणेश ओली, लक्ष्मी आचार्य, शारदा शर्मा, नारायण विवश र बिष्णु अधिकारी रहेका छन् ।
संगठन दाङका संस्थापक अध्यक्ष पुरण शर्माको अध्यक्षता एवं केन्द्रीय कार्यालय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय निर्मल आचार्य र रामबहादुर दहित, नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, सेन्टरका केन्द्रीय सदस्यहरु नरेन्द्र केसी, तुफान अधिकारी, शारदा शर्मा र अखिल क्रान्तिकारी दाङका अध्यक्ष सन्तोष पोख्रेलले शुभकामना दिएका थिए । संगठनका संस्थापक सदस्य कृष्णप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अर्का संस्थापक सदस्य गोविन्द खड्काले गरेका थिए । यही जेठ १९ गते केन्द्रमा दुई संगठनबीच एकता भई प्रेस सेन्टर स्थापना भएपछि एकता भेला गर्ने पहिलो जिल्ला दाङ भएको छ ।
