इन्द्रेणी संवाददाता
दाङ, २४ जेठ
दाङमा आज भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन ।

featureघोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत विजौरी ५ विजौरीमा रा १ प ६९७६ नम्वरको मोटरसाईकलरा १ प १८४ नम्वरको ट्रिप्परमा ठोक्कएर दुर्घटना भएको हो ।

दुर्घटनामामोटरसाईकल चालक तुलसीपुर नगरपालिका१४ का ३१ वर्षीय जुद्धबहादुर गिरी घाईते भएको प्रहरीले वताएको छ । आज विहान भएको दुर्घटनामा घाईते गिरीलाई दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।

गिरीको अहिले अञ्चल अस्पतला तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।।