इन्द्रेणी संवाददाता
काठमाण्डौ, २४ जेठ
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको संलग्नतामा वस्तु खरिदका क्रममा लाखौ रुपैयाँ बराबरको घोटाला भएको तथ्य बाहिर आएको छ ।Upendra-kanta-aryalअर्याल र उनको संगठनका विभिन्न विभागका प्रमुखहरुको प्रत्यक्ष संलग्नतामा आव २०७१÷०७२ मा काठमाडौमा आयोजना गरिएको सार्क सम्मेलनमा सार्वजनिक खरिद ऐनको प्रावधान मिचेर १० करोड बराबरको भ्रष्टाचार गरेको विषय बाहिर आएको छ ।

सार्वजनकि खरिद ऐन २०६३ अनुरुप प्रतिस्पर्धात्मक तवरबाट खरिद एवं निर्माण गर्नुपर्ने स्पष्ट व्यवस्था र खरिद गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै समय अभाव देखाएर प्रहरी प्रधान कार्यालयले जामर मेसिन, सवारीसाधनलगायत मेसिन सीमित प्रतिस्पर्धाबाट प्रचलित दरभाउ भन्दा धेरै बढीमा खरिद गरेको पाइएको छ । बजारभाउ भन्दा बढी रकम तिरेर यस्ता सामान खरिद गर्दा राज्यलाई १० करोड भन्दा बढी रकम नोक्सान भएको छ ।

उक्त खरिदसम्बन्धि सम्पूर्ण सक्कल फाइल प्रहरी प्रधान कार्यालय नक्सालबाट झिकाई छानविन गर्दा थाहा हुने भन्दै महानिरीक्षक अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । यो विषय महालेखा परिक्षकको कार्यालयले पनि उल्लेख गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएको जनाइएको छ ।

प्रहरी महानिरीक्षक अर्यालको विशेष निर्देशनमा प्रहरी प्रधान कार्यालयको गोदाममा ३१ करोड ७७ लाख मूल्य बराबरको पोसाक कपडा, हिमाली ज्याकेट, निलो पार्का ज्याकेट, ऊनी जर्सीलगायत सामानहरु मौज्दात हुँदाहुँदै कमिसनकै चक्कलमा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३ मा उल्लेख भएको प्रावधानलाई नजर अन्दाज गर्दैै आवश्यकता बिना नै आर्थिक वर्ष २०७१ र०७२ मा ठूलो मात्रामा सामाग्री खरिद गरेर अनियमितता गरेको आरोप लागेको छ ।।