इन्द्रेणी संवादाता
दाङ, २४ जेठ
दाङ पवननगरका स्थानीयहरुले आफ्नै सक्रियतामा बाटो र नाला निर्माण गरेका छन् । आफ्नो गाउँ आफै बनाउँ भन्ने भावनाको साथमा पवननगर गाविस वडा नम्बर ५ कुमलगडीका वासिन्दाहरुले नाला निर्माण र बाटो फराकिलो गरेका हुन् ।nala

अरुको भर पर्दा विकासमा पछाडी परिने भन्दै उनीहरुले सुर्खेत रोडदेखि उत्तरमा सामुदायीक भवन सम्मको बाटोमा नाला निर्माण गरेका हुन । वर्षायाममा भल घर आगनभरि जाने गरेकोमा अव त्यो समस्या हटेको छ ।

गाउँलेहरुले नाला संगै सुर्खेतरोडदेखि रानीवन सम्म जोड्ने मोटरबाटो पनि फराकिलो बनाएका छन् । ५ नम्बर वडाभित्रका करिव ९० जना सहभागी भएर नाला र बाटो निर्माण गरेको स्थानीय जयराम चौधरीले जानकारी दिनुभयो ।।