काठमाण्डौ, २४ जेठ
लिबियाको तटमा एक सय ३२ जना आप्रवासीको शव फेला परेको छ ।

1चार दिन भित्रमा लिबियाको पश्चिमी तटमा युरोप प्रवेश गर्ने प्रयासमा ज्यान गुमाएका एक सय ३२ जना आप्रवासीको शव फेला परेको रेड क्रिष्टियन तथा स्थानीय अधिकारीले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

जुवाराह र मेल्लिटाह बजारको समुद्री तटमा शव फेला परेको हो । गएको बिहीबारदेखि अहिलेसम्म जुवाराहमा एक सय २९ जनाको शव फेला परेको छ ।

यस्तै मेल्लिटाहको ग्यास प्लान्ट नजिक तीन जनाको शव भेटिएको छ ।2

समुद्रको बाटो हुँदै युरोप प्रवेश गर्न चाहने धेरै आप्रवासीको डुंगा दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।

यो क्रमम यस वर्ष पनि कायम छ ।।