तुलसीपुर ३१ जेठ । नेपाली काग्रेसले दाङका दुई उपमहानगरपालिका , एक नगरपालिकाका उम्मेद्धारको टुंगो लगाएको छ । काग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका उम्मेद्धारको टुंगो लगाएको हो ।

FB_IMG_1497427615618-1जस मध्य तुलसीपुर उपमहानगरपालिकाको मेयेरमा गेहेन्द्र गिरी र उपमेयरमा देवीका नेपालीलाई उम्मेद्धार बनाउने भएको छ । त्यस्तै घोराही उपमहानगरपालिकाको मेयरमा भुप बहादुर डाँगी र उपमेयरमा पुष्पा श्रेष्ठलाई उम्मद्धार बनाउने भएको छ ।
त्यस्तै लमही नगरपालिकाको मेयरमा जोगराज चौधरी र उपमेयेरमा देबिका बेलबासेलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । घोराहीको भने अझै टुंगो लाग्न सकेको छैन् ।