दाङ, ३१ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १६ का जिविटर रानाले आफूलगायत नेकपा एमालेमा प्रवेश गरेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले एक विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् ।
विज्ञप्तिको पूर्णपाठ
हिजो मिति २०७४÷२÷३० गतेका दिन घोराही उपमहानगरपालिका वडा न. १६ मा पुर्व जनमुक्ति सेनाको कमाण्डर जिविटर राना लगायत एमालेमा प्रवेश गरेको भन्ने समाचारले मेरा ध्यानाकर्षण भएको छ ।
पुर्व संचारमन्त्री तथा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेल, हाम्रो १६ नं वडाको सृजना टोलमा आएको र उहाँको कार्यक्रम हेर्न र सुन्न गएको भरमा यस्तो केन्द्रिय नेताले झुटको राजनिति गर्दा म लगायत हाम्रो पार्टीका सम्पुर्ण सदस्यहरु एमालेमा प्रवेश नगरेकाले हाम्रो पार्टीका मुद्धा र आन्दोलनले उठाएका विषय वस्तुमा पुर्ण समर्थन र कार्यन्वयन गर्न सदा प्रतिवद्ध रहेको जानकारी गराउँदछु ।
म जस्तो पुर्व जनमुक्ति सेनाको कमाण्डरको हैसियतले पार्टी पङ्क्ति तथा पुर्व जनमुक्ति सेनाका कमाण्डर देखी सदस्यहरु एमालेको भ्रममा नपर्न म हार्दिक अपिल गर्दछु ।
्सो कार्यक्रममा एमालेका आफ्नै सदस्यहरु माओवादी बनी झुटको खेति गरेकाले एमाले जस्तो जिम्मेवारी राजनैतिक दल गैरजिम्मेवार नबन हार्दिक अपिल गर्दछु ।
जिविटर राना
घोराही उपमहानगरपालिका वडा नं.१६ दाङ