काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन भएको ठिक १५ महिना भयो। तर, सभापति शेरबहादुर देउवाले विधानबमोजिम गर्नु पर्ने पदाधिकारी एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्न सकेका छैनन्।
विधान अनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र पदाधिकारी मनोनीत गर्नु पर्ने हुन्छ। तर, देउवाले मनोनीत गर्नु पर्ने तीन जना पदाधिकारी मनोनयन गर्न सकेका छैनन्।
देउवा चौथो पटक गत मंगलबार मुलुकको ४० औं प्रधानमन्त्रीमा रुपमा निर्वाचित भएर मुलुकको कार्यकार्य प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्, त्यो सँगसँगै पार्टीको पनि प्रमुखको जिम्मेवारी। देउवाले प्रधानमन्त्री बन्नुअघि पटक पटक पदाधिकारी मनोनीत गर्ने तयारी गरेपनि पत्नी आरजु राणा देउवाको दबाबका कारण पछि हटेका छन्।
सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा महेश आचार्यलाई मनोनीत गर्ने देउवाले तयारी गरेपनि श्रीमती आरजुले त्यसलाई रोकेको देउवानिकट स्रोतले जनाएको छ। स्रोतका अनुसार नेता खुमबहादुर खड्का समूहलाई आफ्नो विश्वासमा लिन र मध्यपश्चिमको नेताका रुपमा अघि सार्न पनि पूर्णबहादुरलाई महामन्त्री मनोनीत गर्ने अन्तिम तयारी गरेका थिए। तर, पत्नी आरजुले नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्रीमा मनोनीत गर्न दबाब दिएपछि देउवा पछि हटेको ति नेताले बताए।
नेपाल खबरबाट
