गोविन्द खड्का
घोराही। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर पा“चका नव निर्वाचित उपाध्यक्ष हेमराज बंजाडेलाई विहिवार राप्ती अंचल डेलिभरी सेवा वितरक संघ घोराहीले अविर तथा खादा पहिराई स्वागत गरेको छ ।

सो संघका सल्लाहकार एवं दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बंजाडे जिल्ला नगर तर्फका प्रदेश उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसकै खुशियालीमा संघले स्वागत कार्यक्रम गरेको थियो । संघको गरीमा उचो भएको भन्दै आफुहरुलाई हर्षित बनाएको सहभागिले बताए ।

19141786_1564348840265692_1848780572_nस्वागत तथा सम्मान ग्रहण पछि कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष बंजाडेले स्वागत कार्यक्रमले उत्साह थपेको प्रतिकृया दिनुभयो । सरकारको राज्य पुनः संरचना अन्तर्गत नियम कानुनहरु पनि नया“ बन्ने भएकाले प्रदेशमा बलियो उपस्थिती जरुरी रहेको बंजाडको भनाई थियो ।

‘अब पुराना समस्याहरु नआउन पनि सक्छन्’ उहाले आफ्नो जिम्मेवारीको जानकारी दिदै भन्नुभयो, ‘सबै नया“ नियम बन्दै छन् । प्रदेश भित्रका व्यवसायी संग छलफल तथा अन्तरकृया गरेर समस्या र समाधानका उपाए खोजी गर्ने छु ।’ उहाले अब एउटा कार्यक्रममा जाने जो मन लाग्यो त्यहि बोलेर नपुग्ने बताउनुभयो । गतिला एजेण्डा स्थापित गरेर प्रदेश हुदै केन्द्र सम्म लैजान सक्नुपर्ने बंजाडेको भनाई थियो । राज्य पुनःसंरुचनामा धेरै नया कुरा हुन सक्छन् । त्यसमा नमुना बन्ने गरी आफुले सुधारका कार्याक्रम ल्याउन लागि पर्ने बताउनुभयो ।

संघलाई महासंघ दर्ता गराई देश भरी फैलाउने लक्ष्य रहेको राप्ती अंचल डेलिभरी सेवा वितरक संघका अध्यक्ष धुर्वराज श्रेष्ठ भारीको भनाई थियो । त्यहि अभियानलाई सफल बनाउन संघका सल्लाहकार समेत रहनुभएका बंजाडेको प्रदेश उपाध्यक्ष पदले अहं भुमिका खेल्ने बाताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहनुभएका श्रेष्ठले ९भारी० ले उपभोक्तालाई ढोका ढोकामा आवश्यक उपभोग्य वस्तु एवं सामान दिएर सेवामुलक काम गरेको दावि गर्नुभयो । पहाड लैजादा होस् वा वजार भित्रै वितरण गर्दा एउटै मुल्य भएकाले सेवा गरेको भनाई थियो । देशकै नमुना संस्था बनाउन यस क्षेत्रको आर्थिक विकासमा लगनशिल भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । रातो प्लेट भएका गाडिले कुनै थप भाडा नलिई सेवामुलक काम गरेको र यस्लाई विस्तार गर्न देशभरका व्यवसायी ईच्छुक रहेको उहाको दावि थियो ।

ढुवानी, खरीद, उपभोक्ता सम्म पुग्दा धेरै झंजट र जटिलता आएकाले अब सजिलै हल हुने वातावरण बनेको संघका संस्थापक सदस्य एवं दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायाण भुषालको भनाई थियो । अस्थाई प्रदेश कार्याल घोराहीमा खुल्ने भएकाले पनि उपाध्यक्ष बंजाडेको उपस्थिति बलियो हुने दावि गर्नुभयो । देश भरकै पहिलो संस्थाले छोटै समयमा गौरवमय ईतिहास बनाएको भन्दै संघका पदाधिकारीले खुशि व्यक्त गरेका थिए । संघका अध्यक्ष धुर्वराज श्रेष्ठ भारी केन्द्रिय सदस्यमा निर्वाचित भएर पहुच बढेको थियो । भर्खरै सम्पन्न प्रथम प्रदेश अधिवेशन बाट बंजाडे उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि संघको गरीमामा एकै चोटि दईवटा ईट्टा थपिएको भनाई थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष एवं राप्ती अंचल सार्वजनिक वस व्यवसायी समितिका सचिव भरतराज श्रेष्ठ, कोषाध्यक्ष एवं राप्ती अंचल लिकर्ष एसोसियसनका अध्यक्ष टंकसिं बुढाथोकि, व्यवसायी टिकाराम पन्त, केशव भट्टराई लगाएतको उपस्थिति रहेको थियो । अध्यक्ष भारीको अध्यक्ष्तामा भएको कार्यक्रममा स्वागत संघका सदस्य नारायण राणा क्षेत्रीले र सहजिकरण गुरुप्रसाद क“डेलले गर्नुभएको थियो ।

उद्योगवाणिज्य संघमा पनि स्वागत
यसै गरी दाङ उद्योग वाणिज्य संघले पनि उपाध्यक्ष बंजाडेलाई विहिवार स्वागत सम्मान गरेको छ । संघका उपाध्यक्ष्ँ नारायाण भुषालको अध्यक्ष्तातमा भएको कार्यक्रम पुर्व अध्क्षहरु भरत बुढाथोकि, धुर्वराज श्रेष्ठ भारी लगाएतले स्वागत गर्नुभएको थियो । संघका सचिव सुशिल प्रकाश आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण महासचिव दिपक सुवेदिले गर्नुभएको थियो