गोविन्द खड्का
घोराही । ‘चुहावट नहोस्, उपभोक्तालाई प्रशस्त पानी पुगोस्’ यो वाक्य घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष देवि बहादुर डागिले विहिवार विहान फुर्सेखालीमा पटक पटक भन्नुभयोे ।

20170608_080525कार्यसमिति र कार्यालयका केहि कर्मचारीका साथ पुगेका अध्यक्ष डिसीले आरभिटि टंकि शिलान्यास गर्नुभयो । शान्त मुद्रामा ढुंगामा बसेर पुजा गर्नुभयो । पुजाअबधिमा कामना गरेको प्रष्ट बुझिन्थ्यो । पण्डित बुद्धि भट्टराईले पुजा गरीरहदाको डा“गिको अबधि कामनाका दुई हात जाडेरै वित्यो । उहाको कामनालाई समर्थन जनाउदै सहभागिहरु ध्यान केन्द्रित गरेका थिए ।

बस्ति बाक्लो नहुदैको स्टिमेटले बिच गाउ“बाट पानीको मुख्य लाईन विस्तार हु“दा गिठेपानी क्षेत्रका धेरै बासिन्दा सुविधा बाट बन्तित छन् । अधिकांशले मिनेटको पालो लगाएर पानी भर्ने गर्छन् । आफ्नो पालो आउदा पानी सकियो भने त्यसै घर फर्किन्छन् । भुपु भारतिय सैनिकको पुरानोे योजनाले पानी खान नपाई आत्तीएका बासिन्दालाई अध्यक्ष डिसीको कामनाले अर्थ राख्थ्यो । ‘जसरी पनि गिठेपानी क्षेत्रका बासिन्दालाई पानी खुवाउने हो’ टंकि सिलान्यास पछि उहाले भन्नुभयो, ‘हामि खुवाउने दृढि संकल्प गर्दछौ । तपाईहरु नियमीत लागीपर्नुस् ।’ उहाका अनुसार पानीको श्रोतको विकल्प खोज्न र दबाव दिन स्थानियले सकृयता देखाउनुपर्छ ।

फिल्टर गरीएको पानी जम्मा हुनेगरी एक लाख लिटर क्षमताको टंकि निर्माण कार्य शुरुभएको छ । तिन महिना भित्र निर्माण सम्पन्न हुनेगरी काम थालिएको कन्सल्टेन्ट ईजिनियर भावना पौडेलले जानकारी दिनुभयो । टंकि निर्माण पछि गिठेपानी क्षेत्रमा पानी प्रशस्त हुने बताईएको छ । चौकिदार शेर बहादुर कुवर क्षेत्रीका अनुसार अहिले पच्चीस पच्चीस हजार लिटर क्षमताका दुईवटा टंकिबाट काम चलेको छ । दुई सय बढि धारा सन्चालीत छन् । पानी नपुग्ने डरले धारा वितरण कार्यलाई स्थगित गरीएको संस्थाले जनाएको छ । अब बन्ने टंकि चालु भएपछि पाच सय धारालाई प्रशस्त पानी दिने लक्ष्य रहेको कार्यालय प्रमुख श्याम सुवेदिले जानकारी दिनुभयो । स्थानिय वासी प्रमुख सुवेदिलाई टंकि गतिलो बनाउन समितिले थप जिम्मा दिएको छ । समयमै सम्पन्न गरी उपभोक्तालाई सजिलो पार्ने कर्तव्य सम्झिनु पर्ने छ ।

आवश्यक परे दुईवटा समवेल निर्माण गरेर भएपनि पानीको उचाई बढाउने समितिले जानकारी दिएको छ । उपाध्यक्ष बलदेव योगिले ओभरहेड टंकि निर्माण गरेर भएपनि सबै बासीन्दालाई पानी खुवाउने बताउनुभयो । लिफ्ट बाट फालेर भएपनि पानी खुवाउने दायित्य रहेको समितिका कोषाध्यक्ष धु्रर्व केसि को भनाई थियो । पानी खरकटि, गाउवेशी, दिदि बहिनी, मिलीजुली, भयारस्थान लगाएतका टोलमा पुगेको छ । तर, सबैले धारा पाएका छैनन् । जति सकिन्छ चाडो धार विस्तारमा लाग्ने प्रँविधिक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । अबको योजना बाट गिठेपानी लगाएत सबै क्षेत्रकाले पानी खान पाउने आश गरेका छन् । ढुंगामा बसेर अध्यक्ष डिसिले गरेको वाचा एवं कामनालाई सकारात्मक भन्दै स्वागत गरेका छन् ।