केशरमान बिसी
दाङ ३० जेठ । आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको लागि दाङमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिएको छ । बिजय कुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकले दाङ को राजपुर गाउँ पालिकाको चुनावी अभियानमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिएको पाइएको हो ।
फोरम लोकतान्त्रिकका राजपुर गाउँ पालिका अध्यक्षका उम्मेदवार बिन्तिराम यादव भारतीय नम्बरप्लेट UP ४७ E ६४४४ रहेको गाडिमा आफ्नो चुनाव चिन्हको झण्डा फहराउदै सवार गरिरहेका छन् ।
भारतीय नम्बर प्लेटको गाडि किन प्रयोग गरेको भनेर जिज्ञासा राख्दा यादबले आफुले भन्सार तिरेर चुनावी प्रचारकालागि सस्तोमा गाडि लिएको बताएका छन् ।
तर नेपालको चुनावमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्नु चुनावी आचारसंहिता बिपरित भएको र चुनावमा उम्मेद्वार जस्तो जिम्मेवार व्यक्तीले नेपाली नम्बर प्लेटको बैधानिक गाडि नै प्रयोग गर्नु पर्ने जिल्ला निर्वाचन आयोगका निर्वाचन अधिकारी बिजय कार्कीले बताए ।