काठमाडौं, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विटजरल्याण्ड प्रस्थान गरेकी छन् । जेनेभामा आयोजना हुने १०६ औं श्रम सम्मेलनमा सहभागी हुन आज मंगलबार साँझ मात्रै राष्ट्रपति भण्डारी स्विटजरल्याण्ड प्रस्थान गरेकी हुन् ।

president-bidhyविश्व शिखर बैठक’ मा राष्ट्रपति भण्डारीले असार १ गते सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, राष्ट्रपतिकी स्वकीय सचिव विमला पौड्याल राई, मन्त्रालयका अन्य वरिष्ठ अधिकृत त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भण्डारी असार ४ गते स्वदेश र्फकने तालिका छ ।