दीपक बोहरा
तुलसीपुर, २८ जेठ । पुर्बप्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको दोस्रो चरणको निर्बाचनको मिति अब कुनै पनि हालतमा नसर्ने बताएका छन् । सरकारले असार १४ भन्दा पछि चुनाब सार्न खोज्यो भने त्यो कुरा नेकपा एमालेलाई मान्य नहुँने उनले बताए ।

kpनेकपा एमाले दाङले आइतवार दङको तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले नागरिकलाई लोकतन्त्रको अनुभुति गराउने स्थानीय तहको निर्वाचन अव रोक्ने सामाथ्र्य कसैसंँग नभएको भन्दै विधिको शासन राष्ट्रियताको रक्षा र आर्थिक समृद्धिका लागि एमालेस्थानीय तहको निर्बाचनबाट पहिलो पार्टी बन्न समेत दावी गरे ।

नेकपा एमाले राष्ट्रियता सार्वभौमसत्ताको रक्षा र शुसानका लागि संघर्षको मैदानमा उत्रिएको समेत अध्यक्ष ओलीले बताए । ओलीले निर्वाचन निष्पक्ष र भयरहित वनाउन आग्रह गर्दै पैसाको दुरपयोग, प्रशासनको गलत प्रयोग हैन एमालेलाई निष्पक्ष निर्वाचनवाट जनताको पवित्र मतले जित्ने ठोकुवा गरे ।

यसैगरी एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेस माओवादीले एमालेको बारेमा कुप्रचार गर्दै हिडेको आरोप लगाए । देशभर एमालेको लहर छाएको देखेर सहन गर्न नसकी एमालेको बारेमा गलत हौवा फैलाएको आरोप लगाए ।

नेता शंकर पोख्रेलले एमालेले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले धेरै भन्दा धेरै महिला, जनजाति, दलित र पिछडिएका वर्गहरुलाई स्थान दिएको दावी गरे ।