काठमाडौं, २८ जेठ । सरकारसँग वार्ता नमिलेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

rajapaआइतबार बसेको राजपाको बैठकले चुनाव अघि संविधान संसोधन नगरेमा दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

rajapa_bigeptiबैठकपछि आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको जानकारी दिए।