प्युठान, २७, जेठ । प्युठान जिल्लाबाट विप्लव र वैद्य माओवादीका तीन दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लव समूहका युवा नेता विश्वबन्धु थापा र वैद्य समूहका रामचन्द्र भट्टराईको नेतृत्वमा युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

pyuthan-पार्टी प्रवेश गर्ने युवाहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्ने विप्लव समूहका युवाहरुमा अक्षय भण्डारी, प्रदीप एमसी, विष्णुराज बिसी, खेमराज खनाल, दक्षा केसी, सुशीला गिरी, रामबहादुर बस्नेत, टंकबहादुर पुन लगायत रहेका छन् । उनीहरुलाई माओवादी केन्द्रका नेता मणि थापाको पहलमा माओवादी केन्द्रमा प्रवेश गराइएको हो ।