दाङ, २८ जेठ । पतञ्जली योग समितिले अन्तर्राष्ट्रिय योग दिवस भब्य रुपमा मनाउने भएको छ । शनिवार घोराहीमा बसेको समितिको बैठकले आगामी जुन २१ अर्थात असार ७ गते परेको तेस्रो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा घोराहीमा भब्य कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको हो ।

feature0दिवस ¥याली, योगका विभिन्न प्रस्तुती, सम्मान तथा प्रवचनको कार्यक्रम गरि मनाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले अञ्चल अध्यक्ष प्रेम शाहको संयोकत्वमा मूल आयोजक समिति समेत गठन गरेको छ । मूल आयोजक समितिमा अञ्चल समितिका पदाधिकारी तथा सदस्यहरु रहेका छन् ।

कार्यक्रमलाई भब्य बनाउन बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । ती उपसमितिमा आर्थिक तथा भोजन व्यवस्थापन उपसमिति संयोजकमा शारदा पोख्रेल, स्वागत सत्कार उपसमिति संयोजक मधुमालती अधिकारी, ¥याली व्यवस्थापन समिति संयोजकमा टेकनाथ आचार्य, कदर सम्मान मूल्यांकनमा देवराज आचार्य, सञ्चार उपसमितिमा लक्ष्मी आचार्य, हल व्यवस्थापन उपसमिति युवराज आचार्यलगायत हेका छन् ।