तुलसीपुर, २६ जेठ । जिल्ला वन कार्यालय दाङका प्रमुख शुर्यकान्त सिग्देलले पर्यावरण संरक्षणका लागि रासायनिक पदार्थको प्रयोग नगर्ने संकल्प आवश्यक रहेको बताए ।
विश्व वाताबरण दिवसका अवसरमा हाम्रो पहुँच माध्यमिक विद्यालय तुलसीपुर ७ दाङले सञ्चालन गरेको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सिग्देलले वाताबरण संरक्षका लागि सबैले वानीमा परिर्बतन ल्याउनुपर्ने बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि सिग्देलले बढि लाभ लिने, सुविधाभोगी र प्रतिस्पर्धा गर्ने वानीका कारण विश्वमा प्रयावरणको समस्या भयाभह बन्दै गएको बताए ।
कार्यक्रममा भू–तथा पर्याबरण संरक्षण नेपालका सल्लाहकार भरत भण्डारी वाताबरणको मुद्धा अव सबै राजनैतिक दलहरुको एजेण्डा हुनुपर्नेमा जोड दिए । भण्डारीले चुनढुङ्गा उत्खनन्, बन फडानी, मानव बस्तीको बीचमा सिमेन्ट उद्योगहरु स्थापना जस्ता वाताबरण विरोधी कार्यहरु राजनैतिक संरक्षणमा हुने गरेको बताए ।
कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष यादव गिरीले जसरी पनि नाफा कमाउने सोंचका कारण पर्याबरण संकटमा परेको बताए ।
नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले पर्यावरणको सरक्षणका लागि सबै बिद्यालयमा कार्यक्रम हुन आवश्यक रहेकोमा जोड दिए ।