दाङ, २६ जेठ । तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडाहरुमा माओवादी केन्द्रले घरदैलो तथा बिभिन्न कार्यक्रम गरिरहेको छ । यसैक्रममा शुक्रबार तुलसीपुर उपमहानगरपालिका ७ मा चुनाबी सभा गरेको छ । सभालाई तुलसीपुर उपमहानगरपाकिाका मेयर शेशुराम भण्डारी, उपमेयर सीता वली, वडा अध्यक्ष प्रेम खनाल,लगायत सदस्यका उम्मेदवारहरु, माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष राम बहादुर दहितलगायतले सम्बोधन गरेका थिए ।
माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका ७ को निर्बाचन परिचालन कमिटिका संयोजक संकर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहले सिंहदरबारका सेवा गाउँ गाउमा ल्याउन पहल थाल्ने माओवादी केन्द्रलाई बिजयी गराउने हो भने नयाँ संबिधान पुर्ण रुपमा कार्यान्वयन ल्याउन सहज हुने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले राष्ट्रको हितका लागि गरेको कामको मुल्याङ्कन निर्बाचन मार्फत जनताले गर्नुपर्ने बताएका थिए । रनेन्द्र बिक्रम केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण भरत भट्टराईले गरेका थिए ।
त्यस्तै माओवादी केन्द्र राप्तीले भालुवाङमा चुनावी कोणसभा गरेको छ । सभालाई अध्यक्ष पदका उम्मेदवार श्यामेश चौधरी र उपाध्यक्ष पदका उम्मेदवार भगवता अधिकारीले सम्वोधन गरेका थिए । माओवादीले राप्ती गाउँपालिकाका सबै वडामा घरदैलो तीब्र बनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले दंगीशरण वडा नम्बर ६ मा घरदैलो गरेको छ । घरदैलोमा वडा अध्यक्षका उम्मेदवार टंक वली, सदस्यका उम्मेदवाहरु हिरा चौधरी, ममता परियार, शमशेर चौधरी र टिकाराम ओलीसहित स्थानीय कार्यकर्ताको सहभागिता थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को खैरेनी, ९ नम्बरको तेघरा र १० को नारायणपुरको चरबगियामा चुनावी सभा गरेको छ । सभालाई मेयर पदका उम्मेदवार जीवन गौतम, उपमेयर पदका उम्मेदवार सिता चौधरी, केन्द्रीय सदस्य मिलन डाँगी, वडा नम्बर ११ का अध्यक्ष पदका उम्मेदवार प्रकाश बिक, वडा नम्बर ९ का उम्मेदवार चैतु चौधरी र वडा नम्बर १० उम्मेदवार बुद्धि चौधरीलगायतले सम्बोधन गरेका थिए ।
