दाङ, २५ जेठ । नेकपा माओवादी केन्द्रले चुनावी गतिबिधि तीब्र बनाएको छ । यसैक्रममा माओवादी केन्द्र घोराही उपमहानगरपालिकाले वडा नम्बर ५ को सुन्दरवस्ती र वडा नम्बर ८ को दुन्द्रामा चुनावीसभा गरेको छ ।

18882245_1875021602747892_8949207036509779267_nसभालाई सम्वोधन गर्दै पार्टी पोलिटब्यूरो सदस्य एवं मेयर पदका उम्मेदवार जीवन गौतमले आफू निर्वाचित भएपछि घोराहीलाई मुलुकै नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । घोराहीमा प्रादेशिक राजधानीका लागि पहल, मेडिकल कलेज स्थापना, तीन तहका रिङरोड आफ्ना मुख्य एजेण्डा रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा उपमेयर पदका उम्मेदवार सिता चौधरी, उपमहानगर अध्यक्ष विश्वराज आचार्य, वडा नम्बर ५ मा अध्यक्ष उम्मेदवार मदन डाँगीलगायलते बोल्नुभएको थियो । त्यस्तै दुन्द्राको सभालाई मेयर, उपमेयरका उम्मेदवारसहित वडा अध्यक्षका उम्मेदवार पिताम्बर ओलीलगायतले बोल्नुभएको थियो ।

माओवादी केन्द्र घोराहीले वडा नम्बर १ रामपुरमा पनि सभा गरेको छ । सभालाई मेयर, उपमेयरका उम्मेदवारसहित वडा अध्यक्षका उम्मेदवार थपबहादुर डाँगीलगायतले सम्वोधन गर्नुभएको थियो । त्यस्तै वडा नम्बर ३ बेलुवामा पनि माआवादीले चुनावी सभा गरेको छ । सभालाई मेयर, उपमेयरका उम्मेदवारसहित वडा अध्यक्षका उम्मेदवार फर्सबहादुर नेपालीले सम्बोधन गर्नुभएको थियो । सभामा रक्तबीच सांस्कृतिक परिवारका कलाकारले गीत नृत्य प्रस्तुत गरेका थिए ।

उता गढवा गाउँपालिका ८ कोइलाबासमा पनि माओवादीले चुनाव प्रचार तीब्र बनाएको छ । कोइलाबासमा भएको युवाहरुको भेलाले फिरोज खानको अध्यक्षतमा वाइसिएल गठन गरेको छ । युवा भेलालाई वडा अध्यक्ष पदका उम्मेदवार सद्दाम सिद्दिकीलगायतले सम्वोधन गर्नुभएको थियो ।