काठमाडौँ, २५ जेठ। प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

devaनेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । उनले भने – “निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ, तपाईंहरु निर्वाचनमा लाग्नुहोस् ।” रासस