एजेन्सी, २४- ईरानको राजधानी तेहरानको संसद भवन भित्र एक बन्दुकधारीले गोली चलाएका छन् । गोली लागेर एक गार्ड घाइते भएका छन् । आक्रमणकारीलाई पक्राउ गरिएको बताइएको छ ।
त्यस्तै ईरानका पूर्व धार्मिक नेता आयतोल्लाह खुमैनीको समाधीमा गोली चलेको छ । उनलाई आधुनिक ईरानका संस्थापक मानिन्छ ।
एक प्रत्यक्षदर्शीले रोयटर्ससँग संसद भवनमा गोली चल्न बन्द भएको बताएका छन् । अहिले त्यहाँ सुरक्षाकर्मी तैनाथ भएको छन् ।