बाँके, २४ जेठ । बाँकेमा एक एमाले उम्मेदवारको मृत्यु भएको छ ।
एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा सदस्य पदका उम्मेदवार उठेका मुन्ना कवाडियाको निधन भएको हो । ४५ वर्षका कवाडियाको हृदयाघातका कारण मंगलबार राती घरमै निधन भएको बताइएको छ ।