दाङ, २४ जेठ । नेकपा एमाले दाङले आज घोषणा पत्र सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकिदै गर्दा एमालेले घोराही र तुलसीपुरलाई स्मार्ट सिटी र लमहीलाई आइटी सिटीको रुपमा विकास गर्ने विभिन्न कार्यक्रमसहित घोषणा पत्र सार्वजनिक गरेको छ ।

unnआज एमालेले घोराहीमा कार्यक्रमको आयोजना गरी विभिन्न १८ नीति र २४ वटा कार्यक्रमसहितको घोषणा पत्र सार्वजनिक गरेको हो ।
घोषणा पत्रमा दाङलाई प्रादेशिक राजधानी बनाउनेदेखि राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, अ१चल अस्पताललाई स्तरबृद्धि गर्ने लगायतका कार्यक्रम रहेका छन् ।