काठमाडौं, २४ जेठ । म्यानमारको यांगुनतर्फ आइरहेको बर्मेली विमान बेपत्ता भएको छ । ११ जना चालक दलसहित १ सय ५ यात्रु लिएर उडेको उक्त विमान उडान भरेको २० माइल पर पुगेपछि सम्पर्क विहिन भएको हो ।

uuuकरिब मध्यान्हमा उडेको उक्त सैनिक विमान सैनिकका उच्च अधिकारी र तीनका परिबारहरु सहित उडेको सैनिक अधिकारीहरुले बताएका छन् । म्यानमारको उक्त एयरफोर्स स्याङछि वाइ ८ विमान म्यानमारको दक्षिण शहरबाट सम्पर्क विच्छेद भएको जनाएको थियो ।