शालिकराम मुसाफिर
दाङ, २४ जेठ । पहिलो त्रैमासिक परीक्षा आउन लाग्दा समेत विद्यालयमा पाठ्युस्तक नआएको साविक सौडियार गाविसमा रहेको मावि झिङ्नीका बालबालिकाले गुनासो गरेका छन् । विद्यालयमा गठन भएके बालअधिकार चेतना समूहको आयोजना तथा इन्सेक दाङको समन्वयमा मंगलबार विद्यालयमा भएको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन र अभिभावक बीच भएको अन्तरक्रिया कार्यक्रमका सहभागी बालबालिकाहरुले त्यस्तो गुनासो गरेका हुन् ।

20170606_135020कक्षा ९ मा अध्ययनरत छात्रा सुनिता चौधरीले शैक्षिक सत्र शुरु भएको यति लामो समय भैसक्यो तर तर अहिलेसम्म सबै पाठ्य पुस्तक नआउँदा पठनपाठनमा कठीनाइ भएको गुनासो गरिन् । उनले भनिन्—पहिलो त्रैमासिक परीक्षा शुरु हुने समय भैसक्यो हाम्रो कक्षाको शिक्षा र अर्थशात्र विषयको पुस्तक आएको छैन । सामाजिक १८ थान र विज्ञान ४८ थान पुस्तक समेत नआउँदा पुराना पुस्तकले नै काम चाउनु परेको छ सम्बिन्धत निकायले चाडै ध्यान दियोस् । कार्यक्रम सहभागी अधिकांश शिक्षक तथा विद्यार्थीले प्रत्येक कक्षाका कुनै न पुस्तक नआएको गुनासो गरेका थिए ।

विद्यालय प्रशासनका अनुसार कक्षा १ मा अंग्रेजी ९ थान, ३ मा अंग्रेजी ५ र विज्ञान ५ थान, ४ मा नेपाली ८ थान पुस्तक विद्यालयमा आएको छैन । त्यसैगरी कक्षा ५ मा अंग्रेजी १५ र नेपाली ८ थान, ६ मा गणित ५, अंग्रेजी ३०, स्वास्थ्य ६० थान र कम्प्यूटर विषयको १ थान पनि आएको छैन । त्यस्तै कक्षा ७ मा विज्ञान, पेशा र नैना विषयको पुस्तक पनि आएको छैन । कक्षा ८ मा नेपाली १७, विज्ञान ३३ थान, ९ मा गणित ४, सामाजिक १८, विज्ञान ४८ थान र नेपाली, शिक्षा र अर्थशास्त्र विषयको पुस्तक १ थान पनि आएको छैन । कक्षा १० गणित ४७ थान र अर्थशास्त्र विषयको पुस्तक नआएको विद्यालय प्रसाशनले बतायो ।

इन्सेक दाङका जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ले बालबालिकाहरुले छात्रमैत्री शौचालय व्यवस्थित गर्नुपर्ने, पाठ्पुस्तक तत्काल विद्यायमा ल्याउन पहल गर्नुपर्ने, प्रयाप्त खेलकुद सामाग्रीको व्यवस्था गर्नुपर्ने, कक्षा ९ र १० मा कम्प्यूटर विषयमा पठनपाठन गराउनु पर्ने लगायतका माग गरेका थिए । त्यस्तै नीजी श्रोतका शिक्षकले समयअनुसारको तलब वृद्धि गर्न माग गरेका थिए ।

चेतना समूहका अध्यक्ष खुमा पुनको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हर्कबहादुर नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयको कुनै पनि आर्थिक श्रोत नभएकाले विद्यार्थीका जायज माग पनि पुरा गर्न नसकिएको बताउँदै आगामी दिनमा श्रोतको खोजी गरी शिक्षक र विद्यार्थीका जायज माग पुरा गर्ने प्रतिवद्धता गरेका थिए । मावि तहमा अहिलेसम्म कुनै पनि विषयका शिक्षक दरवन्दी नभएकाले तल्लो तहमा पढाउने शिक्षकले बढाउँनु पर्ने बाध्यता भएकाले शिक्षक दरवन्दीको व्यवस्था गरी दिन सम्बन्धित निकायलाई आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हर्कबहादुर नेपालीले कार्यक्रममा उठेका जायज माग विस्तारै पुरा गर्न व्यवस्थापन समिति प्रतिवद्ध गरेको वताएका थिए । कार्यक्रममा एक दर्जजन बढी शिक्षक तथा विद्यार्थी आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण चेतना समूहका संरक्षक शिक्षक बामदेव अधिकारीले गरेका थिए ।