काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले अबको सरकारको गृहमन्त्रीको जिल्लामा पाएका छन् । आज नवनिर्वाचित शेरबहादुर देउवाको सपथ ग्रहनसँगै शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रुकुमको खलंगा–३ सेरीगाउँमा २०२० सालमा जन्मिएका शर्माले यसअघि शान्ति तथा पुर्ननिर्माण मन्त्रालय समालिसकेका छन् भने । भरखरैको प्रचण्ड सरकारका सफल उर्जा मन्त्री हुन् । उनले उर्जा मन्त्रीभएको समयमा देशलाई लोडसेडिङ मुक्त बनाएका थिए ।
माओवादी केन्द्रमा एक प्रभावसाली नेताको रुपमा चिनिने शर्मा पार्टीको पोलिटव्यरो सदस्य हुन् भने दशवर्षेको जनयुद्धको समयमा सेनाका डेपुटी कमाण्डर पनि हुन् ।