काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शीतल निवासमा आज भएको विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथसँगै देउवाले बुधबार नै तीन उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले उपप्रधान र संघीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी समाल्ने छन् ।
त्यसैगरी माओवादी केन्द्रका जनार्दन शर्मालाई गृह, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ, कांग्रेसकै फरमुल्लाह मन्सुरलाई श्रम तथा रोजगार र माओवादीका प्रभु शाहलाई विना विभागीय मन्त्रालयले जिम्मेवारी दिइएको छ ।
